२०८३, कार्तिक १२ गते बिहीबार

परिवर्तनकाे स्वामित्व लिन नसक्दा प्रतिगामी जुर्मुराए - अर्थमन्त्री शर्मा

परिवर्तनकाे स्वामित्व लिन नसक्दा प्रतिगामी जुर्मुराए - अर्थमन्त्री शर्मा


  • मेरोभ्यूज
  • मंसिर २५, २०७८ शनिबार

  • परिवर्तनकाे स्वामित्व लिन नसक्दा प्रतिगामी जुर्मुराए - अर्थमन्त्री शर्मा
    फाइल फाेटाे/मेराेभ्यूज

    कर्णाली । नेकपा (माओवादी केन्द्र)का सङ्गठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले माओवादीका सबै कमिटी उत्पादनको एकाइ बन्नुपर्नेमा जोड दिएका छन् ।

    माओवादीको आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को उद्घाटन सत्रमा बोल्दै उनले समृद्धिको प्रणालीमा युवालाई जोडेर समृद्धिको अभियान थाल्ने योजना अगाडि बढाइने बताए ।

    माओवादीको एजेण्डा बलियो हुँदा पनि स्वामित्व लिन नसक्दा प्रतिगामीहरू जुर्मराएको उनले टिप्पणी गरे । अर्थमन्त्री शर्माले सम्मेलन समीक्षाको उत्सव भएको तर्क गर्दै कर्णालीका जनताको आन्दोलन युद्धका सेनाभन्दा पनि माथि रहेको भनी प्रशंसा गरे ।

    “पछिल्लो समयमा हामी विचार छाडेर झोक्रायौँ । सङ्गठनमा विधि र पद्धति पनि भएन”, उनले भने, “अब नयाँ विचारको सुरुआत हुनेछ । जसले विधि, कार्यशैली र कार्यदिशा के हो ? निश्चित गरेर मार्गचित्र कोर्दै कर्णालीको आत्मनिर्भर पृष्ठभूमिलाई जोगाउनेछ ।”

    माओवादी केन्द्रका कर्णाली प्रदेश इन्जार्च शक्तिबहादुर बस्नेतले आजको व्यवस्थाको इञ्जीनियरिङ माओवादीले गरेको दाबी गर्दै यसको पाइलटिङ पनि माओवादीले नै गर्नुपर्नेमा जोड दिए । माओवादी हार्दा जनताले हार्ने भन्दै उनले हार्ने सुविधा नभएको समेत जिकिर गरे ।

    प्रदेश सम्मेलनमा केन्द्रका कर्णाली प्रदेश सहइन्चार्जत्रय कालीबहादुर मल्ल, महेन्द्रबहादुर शाही र टेकबहादुर बस्नेत, अध्यक्ष राजकुमार शर्मा, सचिव रामदीप आचार्यलगायत केन्द्रीय सदस्य, जिल्ला नेता, प्रतिनिधि तथा पर्यवेक्षकसहित करिब एक हजार २०० को सहभागिता रहेको छ । उद्घाटनसत्र सम्पन्न भएको तर बन्दसत्र भोलि सुरु हुने प्रदेश सचिव आचार्यले बताए । रासस


    प्रकाशित : शनिबार, मंसिर २५ २०७८१०:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार