२०८३, कार्तिक १२ गते बिहीबार

भाेलिदेखि रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा चल्ने, भाैतिक मन्त्री ज्वालाले गरे अनुगमन

भाेलिदेखि रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा चल्ने, भाैतिक मन्त्री ज्वालाले गरे अनुगमन


  • मेरोभ्यूज
  • आश्विन २, २०८० मंगलबार

  • भाेलिदेखि रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा चल्ने, भाैतिक मन्त्री ज्वालाले गरे अनुगमन

    काठमाडौं । भक्तपुरकाे सूर्यविनायकदेखि काठमाडौंकाे रत्नपार्कसम्म द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य सकिएकाे छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्नेे योजनाअनुसार बुधबारदेखि  सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार गरिएकाे हाे ।

    रत्नपार्कदेखि सूर्यविनायकसम्म ‘रेड मार्क’ लगाउने कार्य सकिएकाे छ । डेडिकेटेड लेनकाे आज भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायत मन्त्रालयका उच्च अधिकारीले निरीक्षण गरेका छन् । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले सम्बन्धित जिल्लाका सडक डिभिजन कार्यालयमार्फत डेडिकेटेड लेनका लागि रेड मार्क बनाइएकाे बताए । 

    Express Way (1).jpg

    विभिन्न चोक तथा घुम्तीहरुमा सोही अनुसारको मार्क लगाइएकाे छ । रत्नपार्क, माइतीघर, बानेश्वरलगायत क्षेत्रमा रेड मार्क गरिसकिएको छ । सरकारले भोलि संविधान दिवसको दिन पारेर उक्त द्रुत बस सेवा दिन लागेको हो । सुरुमा दुईवटा बस चल्ने जनाइएको छ ।

    भोलि रत्नपार्कमा सेवा उद्घाटन गर्ने तयारी रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए। द्रुत सेवाका लागि २५ वटा बस सञ्चालनमा ल्याउने योजना छ । उक्त सेवाका लागि ट्राफिक प्रहरीहरु परिचालन गरेर लेन खाली गरिने छ । उक्त लेनमा अन्य गाडी रोक्नु हुँदैन, द्रुत सेवाका लागि बाटो छाड्न पर्छ भन्ने सङ्केत पनि दिइने उनले बताए।

    ट्राफिक प्रहरीले अब बसको ओहोरदोहोरमा व्यवस्थापन गर्न उक्त लेनमा अन्य सवारी चल्न नदिने भएको छ । द्रत हुनका लागि सहयोग पनि गरिने प्रहरी वरिष्ठ उपरीक्षक भटृले बताए।

    Express Way (3).jpg


    प्रकाशित : मंगलबार, आश्विन २ २०८०१०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार