२०८३, कार्तिक ११ गते बुधबार

राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउन अर्थमन्त्रीको आग्रह

राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउन अर्थमन्त्रीको आग्रह


  • मेरोभ्यूज
  • पौष १, २०७८ बिहीबार

  • राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउन अर्थमन्त्रीको आग्रह

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने बताएका छन् । बिहीबार जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनकलाकारहरूको कार्यभार राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउनु रहेको बताए । 

    ‘जनसांस्कृतिक महासंघसँग दुई वटा कार्यभार छन्’, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य समेत रहेका मन्त्री शर्माले भने, ‘एउटा राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्ने, त्यस्तै श्रम संस्कृति, आत्मनिर्भरताको संस्कृति स्थापना गर्ने रहेको छ । अर्को सामाजिक सांस्कृतिक रूपान्तरण गर्ने ।’

    राजनीतिक परिवर्तनहरू भए पनि सामाजिक, सांस्कृतिक परिवर्तनमा धेरै समय लाग्ने बताउँदै उनले यसको परिवर्तनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । उनले समाजमा विद्यमान विभेद तथा विसङ्गति अनि भ्रष्टाचारविरुद्ध लड्न सके मात्र समाजवादको पथ पहिल्याउन सकिने उल्लेख गर्दै सामुदायिक पूँजी निर्माण गरेर समाजवादको ‘भ्रुण’ निर्माण गर्नुपर्ने बताए ।

    ‘समाजवादको जग हाल्नका लागि नारा मात्र भनेर हुँदैन’, अर्थमन्त्री शर्माले भने, ‘व्यक्तिगत प्रतिस्पर्धालाई नरोकी उत्पादनका साधन समुदायमा स्थापित हुने गरी समुदायको पूँजी निर्माण गरेर समाजवादको भ्रुण निर्माण गर्ने अभियानको नेतृत्व गर्नुपर्छ ।’ 

    जनकलाकारको सिर्जनाले नै दशवर्षे जनयुद्धलाई अगाडि बढाउन सहज गराएको स्मरण गर्दैै उनले कलाकारलाई पुनः नयाँ जिम्मेवारी आएको बताए । उनले जनकलाकारलाई श्रम संस्कृति, उत्पादन संस्कृति, रुपान्तरणको संस्कृति, सदाचारको संस्कृति एवम् सामूहिकताको संस्कृति स्थापित गर्न जागरण ल्याउने काम थपिएको बताए । 


    प्रकाशित : बिहीबार , पौष १ २०७८०८:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार