२०८३, कार्तिक १२ गते बिहीबार

नागरिकता दुरुपयोग गरी बैङ्क खाता खोल्ने महिला पक्राउ

नागरिकता दुरुपयोग गरी बैङ्क खाता खोल्ने महिला पक्राउ


  • मेरोभ्यूज
  • माघ १४, २०८० आइतबार

  • नागरिकता दुरुपयोग गरी बैङ्क खाता खोल्ने महिला पक्राउ
    काठमाडौं । अर्काको नागरिकता दुरुपयोग गरी बैङ्कको ग्राहक पहिचान फारममा आफ्नो फोटो टाँस गरी खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गर्ने महिला पक्राउ परेकी छिन् । 
     
    प्रहरीले काठमाण्डौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
     
    यसैगरी प्रहरीले विभिन्न आवरणमा ठगी गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं २ कचनदाहा घर भई हाल बूढानीलकण्ठ नगरपालिका भङ्गाल बस्ने ४० वर्षीय श्रीकान्त राउतलाई पक्राउ गरेको छ । 
     
    राउतले विभिन्न राजनीतिक नेतृत्वसँगै देशीविदेशी शक्ति केन्द्रका प्रभावशाली व्यक्तित्वसँग नजिकको सम्बन्ध रहेको भनी सर्वसाधारणलाई विभिन्न वहाना बनाई ठगी गरेको प्रहरीले जनाएको छ । 
     
    निजले विभिन्न व्यक्ति तथा संस्थालाई दानदातव्य, रोजगारी तथा छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाई दिन्छु भन्दै ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानका देखिएको छ । 


    प्रकाशित : आइतबार, माघ १४ २०८००९:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार