२०८३, कार्तिक १२ गते बिहीबार

जुमजुम राडइरलाई १ हजार बोनस, पहिलो तीन राइडमा ७५ प्रतिशत छुट

जुमजुम राडइरलाई १ हजार बोनस, पहिलो तीन राइडमा ७५ प्रतिशत छुट


  • मेरोभ्यूज
  • बैशाख २९, २०८१ शनिबार

  • जुमजुम राडइरलाई १ हजार बोनस, पहिलो तीन राइडमा ७५ प्रतिशत छुट

    काठमाडाैं । नेपाल मोबिलिटी सोलुन्सन्सले ‘जुमजुम’ नामक राईड शेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ । एफवान सफ्ट अन्तर्गतको नेपाल मोबिलिटीले जुमजुम सञ्चालनमा ल्याएको हो । 

    श्रीलंकाको पिकमी कम्पनीको विकास गरेको प्रविधिलाई नेपालमा ल्याएको जुमजुमले यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा लिएको छ । 

    एफवान सफ्ट ग्रुपका सीईओ सुवास शर्माले एफवान सफ्टमार्फत नेपालको डिजिटल रूपान्तरणलाई सहज बनाउन डिजिटल उत्पादन र सेवाहरूको इकोसिस्टम निर्माण गर्दै आएको र जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा सो इकोसिस्टममा समावेश गर्ने बताए । 

    प्रयोगकर्ता मैंत्री इन्टरफेस रहेको जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै  सवारी बुक गर्नुको साथै रियलटाइम ट्र्याकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झट–रहित यात्राको अनुभव गर्न सक्ने छन् ।

    जुमजुममा ईसेवा डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सकिन्छ । एपमा मल्टिपल बुकिङको समेत सुविधा रहेको छ, जसले गर्दा सहजै एकैसाथ धेरै सवारीहरू बुक गर्न सकिने छ । 

    नेभिगेसन र वास्तविक समयको ट्राफिक अपडेटका लागि गूगल म्याप प्रयोग गरेको जुमजुममा बुक फर अ फ्रेण्डको समेत सुविधा राखिएको छ ।  

    जुमजुममा प्रयोगकर्ताहरूले आफ्नो लागि मात्र नभई एपमा पहुँच नभएका वा आफ्नो लागि बुक गर्न नसक्ने साथीहरू वा परिवारका सदस्यहरूका लागि पनि सवारी बुक गर्न सक्ने छन् ।

    जुमजुममा बीमाको समेत सुविधा रहेको छ । यसमा यात्रु र चालक दुवैका लागि रु.५ लाखसम्मको बीमा सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

    जुमजुममा भएको डाइरेक्टशनल हायर सुविधाले चालकलाई आफुले इच्छाएको ठाउँमा जाने यात्रुलाई मात्रै लिने अनुमति दिनेछ । जुमजुमले पहिलो तीन सवारीमा यात्रुलाई ७५ प्रतिशत छुट दिएको छ । 

    यस बाहेक चालकहरूले ज्वाइनिङ बोनसको रूपमा १ हजारसहित आकर्षक सुविधाको लाग उठाउन सक्ने छन् । 

    कम्पनीले प्रारम्भिक दुई हप्ताको लागि ० प्रतिशत कमिशन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जती धेरै राइड त्यती कम कमिसनको योजना ल्याएको छ, साथै चालकहरु दैनिक बोनस २ हजारसम्म कमाउन सक्नेछन् ।

    पीकमी श्रीलंकाका सीईओ जिफ्री जुल्फरले भने श्रीलंकाको उन्नत राइड सेयरिङ प्रविधि नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए । 

    साथै कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले जुमजुमले नेपालको यातायातको परिदृश्यमा क्रान्ति ल्याइरहेको मात्रै नभएर रोजगारीका अवसरहरू सिर्जना गरी अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउने बताए ।  


    प्रकाशित : शनिबार, बैशाख २९ २०८१०९:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार