काठमाडाैं । नेतृत्व चयनमा विवाद भएपछि निर्वाचन प्रक्रियामा गएकाे नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रक्रियाबाट प्रदेश नेतृत्व टुंग्याएकाे छ । प्रदेश नेतृत्वमा धेरैकाे दाबी रहेपछि माओवादीले सम्मेलन सम्पन्न भएकाे १० दिनसम्म पनि नेतृत्व चयन गर्न सकेकाे थिएन ।
गएराति भएकाे निर्वाचनबाट माओवादीकाे प्रदेश १ अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । उनी लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । हर्कले १ सय ६९ मत ल्याउँदा प्रतिस्पर्धी मुक्सामहाङ म्याङवोले ६४ मतमात्र ल्याए ।
उपाध्यक्षमा शिवकुमार डाँगी, देवान चाम्लिङ र मणिकुमार राई विजयी भए । सचिवमा गणेश उप्रेती, सहसचिवमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर किराँती विजयी भए । कोषाध्यक्षमा रेवत राज पुरी विजयी भएकाे प्रदेश निर्वाचन समितिले जनाएकाे छ ।

