२०८३, कार्तिक १२ गते बिहीबार

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक


  • मेरोभ्यूज
  • पौष ८, २०७८ बिहीबार

  • माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।

    माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । लाेगाेमा ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा लेखिएकाे छ ।

    गोलाकार लोगोभित्र सबैभन्दा माथि विश्व कम्युनिष्ट नेताहरुको प्रतीक चित्र छ । त्यसभन्दा तल माओवादी पार्टीको झण्डा र चुनाव चिह्न बोकेको समूहको छायाँ चित्रभित्र पार्टी अध्यक्ष प्रचण्डको तस्वीर राखिएको छ ।


    प्रकाशित : बिहीबार , पौष ८ २०७८०८:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार