२०८३, कार्तिक १२ गते बिहीबार

पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा

पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा


  • मेरोभ्यूज
  • जेठ २१, २०८१ सोमबार

  • पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा

    म्याग्दी ।  पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् ।

    पक्की पुलले मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिका- ५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार बढी जनता लाभान्वित हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पु¥याउन सहज भएको छ ।

    विसं २०७७ साउन ४ गते रु चार करोड ४५ लाख ८१ हजारमा पूर्वाधार विकास कार्यालयले प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताए ।

    पुल निर्माणपछि मालिका गाउँपालिका-१ निस्कोट-२ रुमका साथै मङ्गला गाउँपालिका-५ का छिसवाङ, टिकवाङ र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएका मालिका गाउँपालिका-१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए ।

     मालिका गाउँपालिका-१ का वडाध्यक्ष पुनका अनुसार पुल निर्माणसँगै निस्कोटबाट मङ्गलाको टिकवाङ-रुम-बागलुङको ताराखोला-खोप्टी-छिसवाङसम्म सडक सञ्जाल विस्तार भएको छ ।

    “चौध वर्षअघि सडक पुगेको निस्कोट म्याग्दी नदीमाथि पक्की पुल नहुँदा पालिकाको केन्द्र दरबाङ यातायात सेवाबाट विच्छेद थियो ।

     हिउँदमा नदीबाट नै जोखिमपूर्ण यात्रा गरे पनि वर्षामा समस्या हुने गरेको थियो, छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ”, अध्यक्ष पुनले बताए ।

    “पुल बनेपछि निकै सहज भएको छ, अब नदीमा हेलिएर वारपार गर्नुपर्ने समस्या छैन”, मङ्गला-५ छिसबाङका विकल सेनले भने, “स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, कृषि उपज र दुग्धजन्य पदार्थको बजारीकरणमा पनि पुलले निकै भएको छ ।”

    त्यसैगरी मालिका गाउँपालिका-१ निस्कोटका रामबहादुर पुनले पनि आफूले उत्पादन गरेको तरकारी र सुन्तला बिक्रीका लागि पुल बनेपछि निकै सजिलो भएको बताए ।


    प्रकाशित : सोमबार, जेठ २१ २०८१०९:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार