काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबारदेखि काठमाडौं महानगरपालिका वडा नं ११ भद्रकालीस्थित नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
‘गोरखा भूकम्प’ पश्चात काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा दिँदै आएको काठमाडाैं प्रहरीले आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्न लागेको परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
माइतीघर–भद्रकाली सडक खण्डमा जिल्ला प्रहरी परिसरकाे अत्याधुनिक भवन निर्माण भएको छ । परिसर शनिबार टेकुबाट भद्रकालीमा स्थानान्तरण हुनेछ ।

