काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यादा पेस गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । पदाधिकारी समावेशी बनाइने गुरुङले जानकारी गराए ।
केन्द्रीय कमिटीको १० प्रतिशत मनोनित गर्न सकिने प्रस्ताव गरिएको छ । विधान प्रस्ताव पारित भएसँगै समूह विभाजन गरेर अध्यक्षको प्रतिवेदन माथि छलफल हुनेछ ।

