२०८३, कार्तिक १२ गते बिहीबार

मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकार पक्राउ

मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकार पक्राउ


  • मेरोभ्यूज
  • श्रावण १, २०८१ मंगलबार

  • मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकार पक्राउ

    काठमाडौं । प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योन्जनलाई सोमबार अपराह्न काठमाडौँको चाबहिलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    प्रहरीले २०८० भदौ २५ गते दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका बाबुलाल दोङलाई मुख्य योजनाकार योन्जनले पठाएको नौ सय ६० ग्राम सुन भन्सार छलि मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो । विमानस्थलबाट बाहिर सार्वजनिक सडकको पेटीमा हिँड्दै गरेको अवस्थामा दोङ पक्राउ परेका थिए ।

    प्रहरी वृत्त गौशालाले जाँच गर्दा दोङले मलद्वारमा कालो टेपले बेरिएको दुई वटा लाम्चो र डल्लो सुन नौ सय ६० ग्राम फेला पारेको थियो । अनुसन्धानका क्रममा दोङले उक्त भन्सार छलीको सुन योन्जनको भएको बयान दिएका थिए । सुनसहित दोङ पक्राउ परेपछि योन्जन फरार रहेका थिए । 


    प्रकाशित : मंगलबार, श्रावण १ २०८१०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार