२०८३, कार्तिक १२ गते बिहीबार

गुर्जुधारा यातायात कार्यालयबाट ९ विचौलिया पक्राउ

गुर्जुधारा यातायात कार्यालयबाट ९ विचौलिया पक्राउ


  • मेरोभ्यूज
  • पौष १२, २०७८ सोमबार

  • गुर्जुधारा यातायात कार्यालयबाट ९ विचौलिया पक्राउ

    काठमाडौं। प्रहरीले यातायात व्यवस्था विभागको गुर्जुधारास्थित कार्यालयबाट ९ जना विचौलियालाई पक्राउ गरेको छ ।

    लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि ९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षको टोलीले उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको छ ।

    उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।


    प्रकाशित : सोमबार, पौष १२ २०७८०६:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार