२०८३, कार्तिक १२ गते बिहीबार

गण्डकी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा २० वटा पुल निर्माण

गण्डकी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा २० वटा पुल निर्माण


  • मेरोभ्यूज
  • श्रावण २६, २०८१ शनिबार

  • गण्डकी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा २० वटा पुल निर्माण

    म्याग्दी ।  गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेकाे छ। ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

    गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण भएका हुन् । गत वर्ष गोरखा नगरपालिकाको दरौदी, बेनीघाट-आरुघाट-रुल्डी सडकअन्तर्गत आरखेतखोला, जरेबर-नारेश्वर-गोरखाबजार सडकअन्तर्गत दरौदी-जरेबर, लाप्राक-गुम्दा-लापु सडकको मुग्लाङ खोलामा मोटरेबल पुल निर्माण भएका हुन् ।

    यसैगरी, तनहुँको शालिग्राम करिडोरअन्तर्गत ऋषिङ गाउँपालिका-५ पुनटारको लुम्दीखोला, बेलसोटी मार्गको म्याग्देखोला, बागेश्वरी मार्गको बुल्डीखोला र आबुखैरेनी गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने खहरेखोला, लमजुङको सेतोपहिरो-बगरेबेँसी सडकको मिदिमखोला (बागे्रबेँसी), मनाङको पिसाङस्थित छार्ताङखोला, म्याग्दीको मालिका गाउँपालिका-१ र ६ को सिमाना छ्यारछ्यारेस्थित म्याग्दीखोला, मालिका-७ र धवलागिरि-७ को सिमाना भएर बग्ने भारवाङमा म्याग्दीखोलामा पुल निर्माण भएका हुन् ।

    पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँका अनुसार कास्कीको अर्मला-भुते-गेर्लाङ गाउँ-हरपक सडकको भुतेखोला र बुढीबजार-डहरे-एयरपोर्ट-चाउथे सडकको बिजरपुरखोला, नवलपुरको बवाक-डेढगाउँ सडकको निरम्दीखोला, गैँडाकोट नगरपालिका-३ र ४ मा पर्ने जयश्रीखोला (दोस्रो) र आमरासा-डुकान-मेनघाट-हुप्सेकोट सडकको गिरबारीखोलामा पुल बनेका छन् ।

    यसैगरी, बागलुङको मल्म-रिघा-सिसाखानी-पाण्डवखानी सडकको रिघा सारपेथुङ्गा, डोगाडी-ढोरपाटन सडकको गौडीखोला र नरेठाँटी-हरिचौर सडकको चुक्टीखोलामा पुल निर्माण भएका हुन् ।


    प्रकाशित : शनिबार, श्रावण २६ २०८१०८:१९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार