२०८३, कार्तिक १३ गते शुक्रबार

सिन्का बेचेर जीवन निर्वाह गर्दै उनान्असी वर्षीय धनबहादुर

सिन्का बेचेर जीवन निर्वाह गर्दै उनान्असी वर्षीय धनबहादुर


  • मेरोभ्यूज
  • भाद्र २७, २०८१ बिहीबार

  • सिन्का बेचेर जीवन निर्वाह गर्दै उनान्असी वर्षीय धनबहादुर

    भोजपुर । इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेको छ – भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्छ ।

    धनबहादुर मात्र होइन, उनका दाजु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहेको थियो । धनबहादुरले भने, “विगतमा रु दसदेखि वीस मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने रु एक सय वीससम्ममा बिक्री गर्दै आइरहेको छु । "सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उनले बताए ।

    उनले भने, “असी वर्ष पुग्न लाग्दा पनि पुरानो पेशा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।” आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेशामा लागेको धनबहादुर सुनाउछ ।

    उनी भन्छ“अहिले त खाली युवाहरु विदेश जान तम्सिन्छन् तर, जोशजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन ।” घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आएका उनले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताए ।

    उनले ती सिन्का बिक्रीबाट रु एक हजार पाँच सयमाथि कमाएको बताए । सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताए । यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ ।

    उनले भने, “अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ, त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने ।”


    प्रकाशित : बिहीबार , भाद्र २७ २०८१११:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार