२०८३, कार्तिक १२ गते बिहीबार

माओवादीकाे आठाैं महाधिवेशन
अध्यक्ष प्रचण्डको दस्तावेजमाथिको समूहगत सुझाव पेश हुँदै

अध्यक्ष प्रचण्डको दस्तावेजमाथिको समूहगत सुझाव पेश हुँदै


  • मेरोभ्यूज
  • पौष १४, २०७८ बुधबार

  • अध्यक्ष प्रचण्डको दस्तावेजमाथिको समूहगत सुझाव पेश हुँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत जारी तेस्रो दिनको बन्दसत्रमा समूहगत सुझाव पेश गर्ने क्रम सुरु भएको छ ।

    कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत प्रस्तुति लिखित रुपमा राख्न निर्देशन जारी गरिएको छ ।

    त्यस्तै राजनीतिक प्रतिवेदन र विधान संशोधनभन्दा बाहिर गएर प्रस्तुति नगर्न पनि निर्देशन दिइएको छ । 

    समूहका नेतालाई आफ्नो प्रस्तुति १५ मिनेटभित्र सक्न समय तय गरिएको छ । उनीहरुलाई १२ मिनेट भएपछि जनाउ घण्टी बजाइने छ ।

    प्रस्तुतिको अभिलेखिकरण गर्न माओवादीको बन्दसत्रमा तीन जनाको टोली बनाएको छ ।


    प्रकाशित : बुधबार, पौष १४ २०७८०२:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार