२०८३, कार्तिक १२ गते बिहीबार

राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई


  • मेरोभ्यूज
  • पौष १४, २०७८ बुधबार

  • राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाइ दिएका छन् । सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो ।

    आज एक वक्तव्य जारी गर्दै उपराष्ट्रपतिले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरेर राष्ट्रकै गौरव र प्रतिष्ठा उच्च बनाएको बताए । उपराष्ट्रपतिले राष्ट्रको गरिमा बढाउनाका साथै नेपाल र नेपालीको शिर उँचो बनाउनुहुने राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदिश भट्ट, कप्तान अरुणा शाही, सम्पूर्ण खेलाडी, टिम म्यानेजर तथा नेपाल भलिबल सङ्घका पदाधिकारीलाई बधाई दिए ।

    उनले राष्ट्रका लागि यो ऐतिहासिक सफलता दिलाउने प्रशिक्षक तथा खेलाडीमा धन्यवाद ज्ञापन गरे। ‘भलिबल हाम्रो राष्ट्रिय खेलमात्रै नभई हिमाल, पहाड र तराईका टोलटोलमा खेल्न सकिने र नेपालका सबै भूगोललाई जोड्ने सबैभन्दा लोकप्रिय खेल पनि हो, नेपाली भलिबलको ४३ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा राष्ट्रिय महिला भलिबल टिमले राष्ट्रलाई दोस्रो पटक दिलाएको यो अन्तर्राष्ट्रिय उपाधि अभूतपूर्व, अनुपम एवं प्रशंसनीय छ’, उपराष्ट्रपतिले सन्देशमा भनेका छन् ।

    उनले यस सफलताबाट देशभित्र भलिबलको लोकप्रियता अझै बढेर जानाको साथै भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडी उच्च मनोबालका साथ मैदानमा उत्रने र यीभन्दा ठूला सफलता हासिल गर्नेमा उनले विश्वास व्यक्त गरे । प्रतियोगिताको पुरुषतर्फको खेलमा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले गरेको प्रदर्शनको पनि उपराष्ट्रपतिले प्रशंसा गरेका छन् ।


    प्रकाशित : बुधबार, पौष १४ २०७८०८:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार