२०८३, कार्तिक १२ गते बिहीबार

लक्षण नदेखिएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति

लक्षण नदेखिएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति


  • मेरोभ्यूज
  • पौष १७, २०७८ शनिबार

  • लक्षण नदेखिएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति

    काठमाडाैं । सरकारले पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएका कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी नेपाल भित्रने अनुमति दिने निर्णय गरेको छ । 

    गृह मन्त्रालयले मन्त्रिपरिषद्को यही पुस ९ संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी आदेश संशोधनका सम्बन्धमा बैठकको निर्णय कार्यान्वयनका लागि मातहतका निकायलाई लेखेको पत्रमा सो कुरा उल्लेख छ । नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकलाई पूर्ण खोप लगाएको १४ दिन पुगेको र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नगेटिभ भएकालाई उक्त अनुमति दिने निर्णय गरेको हो ।

    खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका नेपाली नागरिकको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्ने तथा परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा पठाउन पनि पत्रमा भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई भरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश दिन पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।

    खोपको मात्र पूरा नगरेका वा खोपको मात्र पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक वा अफिसियल पासपोर्ट बाहक वा आवासीय भिसा प्राप्त गरेका विदेशीको नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्न पनि पत्रमा भनिएको छ ।

    पत्रमा परीक्षण रिपोर्ट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउन भनिएको छ । सरकारले परीक्षण रिपोर्ट नेगेटिभ देखिएकालाई १० दिन होटल क्वारेन्टिन वा सम्बन्धित कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिन निर्देशन दिएको छ ।


    प्रकाशित : शनिबार, पौष १७ २०७८०८:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार