२०८३, कार्तिक १२ गते बिहीबार

निर्वाचन कार्यतालिका
माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता

माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता

आइतबार बिहान ११ः३० देखि अपराह्न ४ बजेसम्म मतदान


  • मेरोभ्यूज
  • पौष १७, २०७८ शनिबार

  • माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता

     काठमाडौं । निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । माओवादीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार उम्मेदवार मनोनयनको प्रक्रिया साँझ ८ बजेदेखि राति १०ः३० बजेसम्मका लागि तोकिएको छ । उम्मेदवार मनोनयको कार्यक्रम सकिएलगत्तै मनोनयनपछिको सूची सार्वजनिक गरिनेछ ।

    आयोगका अनुसार आइतबार बिहानदेखि उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ । बिहान ८ देखि ८ः३० बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन पाइने व्यवस्था गरिएको छ । उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना आइतबार बिहान ८ः३५ मा प्रकाशित गरिनेछ । उजुरीमाथि निर्वाचन आयोगले अन्तिम निर्णय लिई ९ः१० मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

    यस्तै बिहान ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ । बिहान ११ः१५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० देखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि आइतबार दिउँसो ४ बजेसम्मका लागि समय तोकिएको छ । त्यसलगत्तै मतगणना सुरु हुनेछ ।

    आजमात्रै माओवादीको विधान सर्वसहमतिले पारित गरेको थियो । पारित विधानअनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न लागिएको छ । स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेको प्रश्नको जवाफ दिएपछि विधान पारित गरिएको हो । विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने भएको छ । यस्तै केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

    कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइने भएको छ ।

    received_224184573215808.jpeg


    प्रकाशित : शनिबार, पौष १७ २०७८०६:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार