२०८३, कार्तिक १२ गते बिहीबार

माओवादी महाधिवेशन
माओवादी केन्द्रमा सहमतिबाट केन्द्रीय समिति टुंगाे लगाउने प्रयास

माओवादी केन्द्रमा सहमतिबाट केन्द्रीय समिति टुंगाे लगाउने प्रयास

निर्वाचन कार्यतालिका पर धकेलियाे


  • मेरोभ्यूज
  • पौष १७, २०७८ शनिबार

  • माओवादी केन्द्रमा सहमतिबाट केन्द्रीय समिति टुंगाे लगाउने प्रयास

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले जारी आठाैं राष्ट्रिय महाधिवेशनमा सहमतिबाट केन्द्रीय समिति टुंगाे लगाउने प्रयास गरेकाे छ । सहमतिबाट केन्द्रीय समिति टुंग्याउने नेतृत्वकाे प्रयासका कारण निर्वाचन आयाेगले निर्वाचन कार्यतालिका संशाेधन गरेकाे छ । 

    संशाेधित कार्यतालिका अनुसार केन्द्रीय सदस्यकाे मनाेनयन आइतबार अपराह्न मात्रै हुने भएकाे छ । यसअघि निर्वाचन आयाेगले कार्यतालिका सार्वजनिक गर्दै शनिबार साँझ ८ बजेदेखि ८ः३० सम्म मनाेनयन गर्ने समय ताेकेकाे थियाे । सहमतिकाे खाेजी गर्ने भन्दै माओवादी केन्द्रको बन्दसत्र भाेलिसम्मका लागि स्थगित भएको छ । बन्दसत्र आइतबार अपराह्न २ बजे बस्नेछ । 

    आज साँझको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिका आधारमा केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबारसम्मका लागि स्थगन गर्ने प्रस्ताव गरेका थिए । अध्यक्षकाे प्रस्तावलाई बन्दसत्रले स्वीकार गर्दै आजको सबै प्रक्रिया भोलिसम्मका लागि स्थगन गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन समितिले जनाएकाे छ ।

    त्यसअघि आजको बन्दसत्र अपराह्न १ बजेदेखि सुरु भएको थियो । बन्दसत्रमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएका थिए । उनले सुझाव समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय समितिले अन्तिम रूप दिने जानकारी गराएपछि सर्वसहमतिले  विधान पारित गरेको थियो ।

    नयाँ विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकामा बढाएर १५ प्रतिशत बनाइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने प्रावधान राखिएको छ ।

    Election_Table.jpg


    प्रकाशित : शनिबार, पौष १७ २०७८०८:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार