२०८३, कार्तिक १२ गते बिहीबार

आइडिया स्टुडियो सिजन ६ का लागि आवेदन खुला, माघ १७ सम्म अन्तिम म्याद 

आइडिया स्टुडियो सिजन ६ का लागि आवेदन खुला, माघ १७ सम्म अन्तिम म्याद 


  • मेरोभ्यूज
  • पौष १८, २०७८ आइतबार

  • आइडिया स्टुडियो सिजन ६ का लागि आवेदन खुला, माघ १७ सम्म अन्तिम म्याद 

    काठमाडौं । सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’ को सिजन ६ का लागि आवेदन खुलेको छ । शुक्रबार प्रेस मिट आयोजना गर्दै आइडियाले सिजन ६ का लागि आवेदन खुलाएको हो । 

    सिजन ६ मा समावेश हुनका लागि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्ने आइडियाले जनाएको छ । आइडियाले सिजन ५ सम्म २५ सयभन्दा बढी नवीन व्यावसायिक विचारलाई स्थान दिइसकेको छ । त्यसमध्ये १६० जना इन्क्युबेशन कार्यक्रममा गएका छन् भने ६० भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन् । 

    आइडियाले नयाँ उद्यमीहरुको व्यापार अवधारणा उत्कृष्ट बनाउन सल्लाह दिने र उक्त विचारलाई एपीवान टेलिभिजनमार्फत प्रसारण गरिने बताएको छ । त्यसमध्ये ४ जना व्यवसायहरू लाइ (मेड इन नेपाल, सोसल इम्प्याक्ट, हाई फ्लाइङ र इनोेभेसन) का लागि योग्य आइडियाहरू बीज लगानीका लागि योग्य हुनेछन् ।  

    आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले स्थापना भएदेखि नै आइडिया स्टुडियो नेपालले आफ्ना प्रमुख कार्यक्रमहरू मार्फत ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफल भएको बताएका छन् ।

    उनले भने, ‘आइडिया स्टुडियो सिजन ६ का लागि हामी आर्थिक लगानीको लागि मात्र नभई ज्ञान, समय, श्रोत र विश्वासका हिसाबले पनि मानिसहरूलाई आफ्ना विचारलाई वास्तविकतामा ल्याउन प्रोत्साहन र सशक्त बनाउन मञ्च प्रदान गर्न तयार छौँ ।’ 
    आइडियाले सन् २०१६ देखि सामाजिक सचेत व्यवसाय, उद्यमी र स्टार्टअपहरूका लागि प्रोत्साहन, स्रोतसाधन, ठाउँ, एक्सपोजर, सिकाइ, नेटवर्किङ र लगानीका अवसरहरू उपलब्ध गराउने काम गर्दै आएको छ । 

    साथै आइडिया स्टुडियो नेपालको नीति साझेदारका रूपमा राष्ट्रिय युवा परिषद्, काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) ज्ञान साझेदार, वल्र्ड वाइल्डलाइफ नेपाल (डब्लुडब्लुएफ नेपाल) इको इम्प्याक्ट पार्टनर, आइडिया इम्प्याक्ट फन्ड लगानी साझेदार, प्रभु बैंक बैंकिङ पार्टनरको रूपमा रहेका छन् । 

    क्यापिटल नेपाल डटकम, नेसनल इनोभेसन सेन्टर, रेडियो अडियो इकोसिस्टम च्याम्पियनको रुपमा छन् भने काठमाडौं मोडल कलेज र ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) आइडिया स्टुडियोको एकेडेमिक एन्ड इनोभेसन च्याम्पियनको रुपमा रहेका छन् । 

    काठमाडौं मोडल कलेजका प्रधानाध्यापक सुरेन्द्र सुवेदीले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा काठमाडौं मोडल कलेजले उद्यमी क्षमता विकासका लागि मञ्च उपलब्ध गराउने लक्ष्य राखेको बताए । साथै प्रत्यक्ष रोजगारीसँग अबको शिक्षालाई जोड्नुपर्ने र त्यसलाई जोड्ने काम आइडियाले गर्ने विश्वास उनले लिएका छन् ।

    सोही कार्यक्रमकाबीच आइडिया स्टुडियो नेपाल र त्रिभुवन युनिभर्सिटी सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ ।  सिजन ६ घोषणा कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कमला ज्ञवाली र डा बाबुराम ढुंगाना, लायन्स क्लबका विश्वेश्वर आचार्य, डब्लुडब्लुएफ नेपालका डा. घनश्याम गुरुङ, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर सुबोध शर्मा, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर डिल्लीराज शर्माको उपस्थिति रहेको थियो । 

     


    प्रकाशित : आइतबार, पौष १८ २०७८०७:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार