२०८३, कार्तिक १३ गते शुक्रबार

‘सडक हेरालु’

‘सडक हेरालु’


  • मेरोभ्यूज
  • माघ १७, २०८१ बिहीबार

  • ‘सडक हेरालु’

    भोजपुर । भोजपुरमा सडकको मर्मत सम्भारका लागि सडक हेरालु परिचालन गरिएका छन् ।

    यहाँ विस्तार भएका पक्की तथा कच्ची सडकमा आवश्यक पर्ने मर्मत सम्भार र निगरानीका लागि सडक हेरालु परिचालन गरिएका हुन् ।

    कोशी प्रदेश सरकारले प्रादेशिक सडकमा सूचीकृत गरेका सडकको मर्मत सम्भारका लागि सडक हेरालु राखिएका जनाइएको छ ।

    पहिलो चरणमा जिल्लाको मुख्य सडकमार्गका रूपमा रहेको भोजपुर-टक्सार-कोटडाँडा-पिखुला-डढुवा सडकको २१ किलोमिटर क्षेत्रमा मर्मत सम्भारका लागि दश जना हेरालु राखिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

    हेरालुहरूलाई दश खण्डमा विभाजन गरेर सडक मर्मत सम्भारको काम सुरु गरेका पूर्वाधार कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

    हेरालुले सानो असावधनीका कारण सडक बिग्रिएर हुने ठूलो क्षतिबाट रोक्न नियमितरूपमा सडकको हेरचाह र मर्मत सम्भार गर्ने उनले जानकारी दिए ।

    “हेर्दा सामान्य काम जस्तो देखिन्छ तर सडक सुरक्षाका लागि हेरालुको निकै ठूलो भूमिका हुन्छ । उनीहरूले नियमितरूपमा सडकको हेरचाहसँगै मर्मत सम्भार गर्ने भएको ठूलो क्षति हुनबाट बचाउने अवस्था बन्छ । सडकको बचावटसँगै स्थानीयलाई रोजगारी प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो”, कार्यालय प्रमुख राजनराज रेड्डीले भने ।

    एउटा सडकमा मात्र हेरालुको व्यवस्था गरिएको र आगामी दिनमा प्रादेशिक सडकमा सूचीकृत भएका अन्य सडकमा पनि हेरालु राख्ने तयारी भइरहेको उनले जानकारी दिए ।

    लेखा अधिकृत चेतबहादुर मोक्तानले छनोटमा परेकाहरूलाई व्यक्तिगत सुरक्षा, सडकको हेरचाहलगायत विषयमा आवश्यक अभिमुखीकरण गरी काममा खटाइएको बताए ।

    हेरालुहरूले सडकको सतह मिलाउने, सामान्य पहिरो हटाउने, सडक सरसफाइ गर्ने, ठूला समस्याको तुरुन्त जानकारी दिइ थप क्षति हुनबाट जोगाउनेलगायत जिम्मेवारी निर्वाह गर्ने कार्यालयका प्रशासन प्रमुख अभिशेक बस्नेतले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , माघ १७ २०८११२:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार