२०८३, कार्तिक १३ गते शुक्रबार

खाद्य गोदामबाट सुपथ मूल्यमा चामल विक्री वितरण सुरु

खाद्य गोदामबाट सुपथ मूल्यमा चामल विक्री वितरण सुरु


  • मेरोभ्यूज
  • माघ १८, २०८१ शुक्रबार

  • खाद्य गोदामबाट सुपथ मूल्यमा चामल विक्री वितरण सुरु

    भोजपुर । खाद्य गोदामबाट सुपथ मूल्यमा चामल विक्री वितरण सुरु भएसँगै यहाँका नागरिकलाई सहज भएको छ ।

    गोदामबाट बजार मूल्यभन्दा सस्तोमा चामल वितरण गरिएपछि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकलाई राहत मिलेको हो ।

    गत असोज ७ देखि माघ २ गतेसम्म स्थानीय नागरिकलाई प्रतिकिलो रु पाँच छुटमा चामल वितरण भइरहेको जिल्लास्थित व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख सन्तोषकुमार शाहले जानकारी दिए ।

    गोदामबाट अहिले २५ किलो स्टिम जिरा मसिनो चामल रु दुई हजार एक सय २५ र अरुवा सोना मन्सुली चामल प्रतिबोरा रु एक हजार पाँच सयमा बिक्री भइरहेको छ ।

    स्थानीयको मागलाई पूर्ति गर्न विगतका वर्षभन्दा यस वर्ष चामलको मात्रा बढाइएको प्रमुख शाहले जानकारी दिए ।

    गत वर्षसम्म यहाँ वार्षिक रूपमा एक हजार क्विन्टल चामल आउने गरेकोमा एक हजार पाँच सय क्विन्टल पुर्याइएको उनले जानकारी दिए ।

    “स्थानीयको मागलाई ध्यानमा राखेर यहाँ आउने चामलको मात्रा बढाएका छौँ”, प्रमुख शाहले भने, “आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल बिक्री गरिरहेका छौँ । औसतमा मासिक रूपमा एक सय २५ क्विन्टलसम्म चामल वितरण भइरहेको छ ।”

    स्थानीयको मागअनुसार गोदामबाट चिनी पनि वितरण थालिएको प्रमुख शाहले बताए । गोदाममा अहिले स्थानीयलाई वितरणका लागि दस क्विन्टल चिनी मौज्दात रहेको उनले उल्लेख गरे ।

    कार्यालयबाट खाद्य सामग्री वितरणले नागरिकलाई राहतसँगै बजार मूल्यलाई सन्तुलनमा राख्न भूमिका निर्वाह गर्ने विश्वास लिइएको प्रमुख शाहले बताए ।

    कार्यालयबाट सार्वजनिक बिदाका दिन बाहेक अन्य समयमा नियमित रूपमा चामल वितरण भइरहेको प्रमुख शाहले जानकारी दिए ।

    “विगतमा चाडबाडका समयमा बढी मात्रामा चामल वितरण हुन्थ्यो”, उनले भने, “स्थानीयको सहजताका लागि नियमित रूपमा वितरण गरिरहेका छौँ । यसले दुर्गम क्षेत्रबाट आएका नागरिक बढी लाभान्वित भएका छन् ।

    सदरमुकाम बाहिरका स्थानीयका लागि हतुवागढी गाउँपालिकामा बन्द अवस्था रहेको खाद्य डिपोलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख शाहले जानकारी दिए ।

    सदरमुकाममा आउने चामलको मात्रालाई पाँच हजार क्विन्टल र घोडेटार डिपोमा तीन हजार क्विन्टल पुर्याउने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

    घोडेटारस्थित खाद्य डिपो १० वर्षे सशस्त्र द्वन्द्वकालमा चामल लुटिएपछि बन्द भएको थियो । पछिल्लो छ महिनाको अवधिमा करिब एक हजार दुई सय क्विन्टल चामल स्थानीयले खपत गरेको कार्यालयले जनाएको छ ।


    प्रकाशित : शुक्रबार, माघ १८ २०८११०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार