२०८३, कार्तिक १३ गते शुक्रबार

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा, पूर्वप्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा, पूर्वप्रधानमन्त्री दाहालले उद्घाटन गर्ने


  • मेरोभ्यूज
  • पौष २२, २०७८ बिहीबार

  • चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा, पूर्वप्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

    चितवन । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदैछ । यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्नेछ । 

    उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा १३औँ संस्करणको चितवनको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ । महोत्सव स्थलमा स्टल निर्माण, महोत्सवको मूल गेट निर्माण, सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताए । 

    विसं २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिने भन्दै अध्यक्ष श्रेष्ठले महोत्सवको प्रवेशद्वारमा मास्क र स्यानिटाइजर राखिने बताए । महोत्सवमा रहने सम्पूर्ण स्टरहरु बिक्री भइसकेको छ । 

    महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र सूचनाप्रविधि (आइटी)का छुट्टैछुट्टै परिसर रहने छ । महोत्सव परिसरमा २० वटा रेष्टुरेन्ट सञ्चालन हुनेछन् । चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सवभित्र राखिने आयोजकले जनाएको छ । 
     
    महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका स्टल रहनेछन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १३औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको श्रेष्ठले बताए । 

    महोत्सवमा चारवटा विशेष र डोमसहित ३५० स्टल रहनेछन् । सबै स्टलको बीमा गरिनेछ । महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् । दश दिनसम्म चल्ने महोत्सवमा खेलकूद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ । 

    महोत्सव अवधिभर विभिन्न छ वटा विधामा गोष्ठी तथा अन्तरक्रिया हुने महोत्सवका गोष्ठी संयोजक राजेन्द्र ओलीले जानकारी दिए । यही पुस २७ गते कृषि,  २८ गते ऊर्जा, २९ गते पोल्ट्री, ३० गते पर्यटन, आगामी माघ २ गते कविता प्रतियोगिता तथा साहित्यिक र ३ गते महिला उद्यमीसम्बन्धी गोष्ठी हुनेछ । 


    प्रकाशित : बिहीबार , पौष २२ २०७८०९:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार