२०८३, कार्तिक १२ गते बिहीबार

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ


  • मेरोभ्यूज
  • पौष २३, २०७८ शुक्रबार

  • बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ

    काठमाडाैं । कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

    उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी रु १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो । सो घटना पुस १८ गतेको हो ।

    सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

    प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ । उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकराी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको खुलेको छ ।


    प्रकाशित : शुक्रबार, पौष २३ २०७८०७:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार