२०८३, कार्तिक १३ गते शुक्रबार

‘किरात सांस्कृतिक’ भवन निर्माण गरिँदै

‘किरात सांस्कृतिक’ भवन निर्माण गरिँदै


  • मेरोभ्यूज
  • चैत्र १३, २०८१ बुधबार

  • ‘किरात सांस्कृतिक’ भवन निर्माण गरिँदै

    भोजपुर । यहाँको टेम्केमैयुङ-९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ । किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु. ८० लाख लागतमा उक्त भवनको निर्माण भइरहेको टेम्केमैयुङ-९ लेखर्कका वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले जानकारी दिए । चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी निर्माण भइरहेको भवनको हालसम्म करिब ५० प्रतिशत काम सकिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए ।

    ऐतिहासिकता प्रदान गर्न काठमाडौँबाट कालिगड ल्याएर किरात संस्कृति झल्कने कलात्मक भवन निर्माण भइरहेको उनको भनाइ छ ।

    “किरात संस्कृतिको संरक्षण विकाससँगै पुस्तान्तरण गर्ने लक्ष्यले यहाँ किरात सांस्कृतिक भवन निर्माण भइरहेको छ,” वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “मुख्य रुपमा यहाँ किरात समुदायको संस्कार, संस्कृति रीतिरिवाज, रहनसहन, वेशभूषा सङ्ग्रहित गरिनेछ । भवनमा राखिने सामग्रीले किरात संस्कृतिको झल्को दिनेछ । यहाँबाट किरात परिकारका बारेमा जानकारी प्रदान गर्ने लक्ष्य छ ।”

    निर्माण भइरहेको सो भवन ढुङ्गा, सुर्की र चुनाको प्रयोगबाट निर्माण भइरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए । भवनको झ्याल, ढोका, निदल, दलिन, थामलगायतमा किरात संस्कृति झल्कने, ढोल, झ्याम्टा, चिण्डो, धनुवान, मुर्चुङ्गा विनायोको चित्र रहने छ ।

    पाँचधारेमा पर्यटनलाई लक्षित गरेर पाँचधारे पोखरी, किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण तथा पदमार्ग निर्माण गरिएको छ । हाल यहाँ निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्य रहेको वडाले जनाएको छ ।


    प्रकाशित : बुधबार, चैत्र १३ २०८१११:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार