२०८३, कार्तिक १२ गते बिहीबार

प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन

प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन


  • मेरोभ्यूज
  • चैत्र १९, २०८१ मंगलबार

  • प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन

    खोटाङ । स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका-२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । रु. दुई करोड ९५ लाख ३२ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

    वि.सं. २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साविक खार्पा गाउँ विकास समिति (गाविस) कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो ।

    स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन् ।

    साढे दुईतले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवास तथा मरोजञ्जन हल निर्माण गरिएको छ ।

    कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले सो भवनको उद्घाटन गरेका थिए ।


    प्रकाशित : मंगलबार, चैत्र १९ २०८१०९:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार