२०८३, कार्तिक १२ गते बिहीबार

प्रधानमन्त्री देउवा आइसाेलेसनमा, आइतबार काेराेना परीक्षण गरिने

प्रधानमन्त्री देउवा आइसाेलेसनमा, आइतबार काेराेना परीक्षण गरिने


  • रासस
  • पौष २४, २०७८ शनिबार

  • प्रधानमन्त्री देउवा आइसाेलेसनमा, आइतबार काेराेना परीक्षण गरिने

    काठमाडाैं । शीर्ष नेताहरूलाई काेराेना संक्रमणा पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि आजदेखि आइसोलेशन बसेका छन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्।

    दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए । प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

    माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।


    प्रकाशित : शनिबार, पौष २४ २०७८०८:२२
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार