२०८३, कार्तिक १३ गते शुक्रबार

बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन


  • मेरोभ्यूज
  • बैशाख २३, २०८२ मंगलबार

  • बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

    भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

    गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पुर्याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उनको भनाइ छ ।

    “गाउँपालिकाले कृषिमा जोड दिएको छ”, अध्यक्ष राईले भने, “किसानले व्यावसायिकरुपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन्, गाउँपालिकाभित्र उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ ।”

    गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

    धेरै किसान व्यावसायिकरुपमा कृषिमा लागेकाले यहाँ उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पुर्याउने लक्ष्यले गाउँपालिकाले आफ्नै कृषि एम्बुलेन्स सञ्चालन ल्याएको उनको भनाइ छ ।

    व्यावसायिकरुपमा कृषिमा लागेका किसानलाई थप प्रोत्साहन गर्न सात सय बढी किसानलाई कृषि सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।


    प्रकाशित : मंगलबार, बैशाख २३ २०८२११:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार