२०८३, कार्तिक १३ गते शुक्रबार

पर्यटकीयस्थल नागछाँगा आझेलमा

पर्यटकीयस्थल नागछाँगा आझेलमा


  • मेरोभ्यूज
  • बैशाख २८, २०८२ आइतबार

  • पर्यटकीयस्थल नागछाँगा आझेलमा

    भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचार-प्रसारमा स्थानीय सरकार जुटेको छ ।

    गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।

    अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ ।

    वडा नं. ६ बैकुण्ठे र वडा नं. २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल पर्याप्त प्रचार-प्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवर्द्धनका लागि प्रचार-प्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचर्यले बताए ।

    नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचार-प्रसारमा वडा कार्यालयले काम गरिरहेको उनको भनाइ छ ।

    नागछाँगाको किम्बतन्दीको खोज तथा अनुसन्धान गरिरहेको उनले बताए । “नागछाँगा एक ऐतिहासिकस्थल हो” वडाध्यक्ष आचर्यले भने, “परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किम्बदन्ती पनि छ । यसको किम्बदन्तीको खोजीमा लागेको छौँ । यो स्थानको संरक्षणसँगै प्रचार-प्रसारमा जोड दिएका छौँ ।”

    पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।

    यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा करिब रु. ६० लाख लगानी भइसकेको उनको भनाइ छ ।

    “स्थानीय सरकारको तर्फबाट यो क्षेत्रको विकासका तथा संरक्षणको काम गरिहेका छौँ” अध्यक्ष राईले भने,“प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचार-प्रसार अभावमा ओझेलमा परेको छ । हामी अहिले सरक्षणसँगै यसको महत्व उजागरका लागि जुटेका छौँ ।”

    गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ ।

    स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राईले बताए ।


    प्रकाशित : आइतबार, बैशाख २८ २०८२११:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार