२०८३, कार्तिक १२ गते बिहीबार

सत्र रोपनी जग्गा प्रदान

सत्र रोपनी जग्गा प्रदान


  • मेरोभ्यूज
  • आषाढ ५, २०८२ बिहीबार

  • सत्र रोपनी जग्गा प्रदान

    म्याग्दी । बेनी नगरपालिका–२ मा गौशाला सञ्चालनका लागि स्थानीय दीपक मल्लले १७ रोपनी १४ आना जग्गा प्रदान गरेको छ ।

    गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र स्थापना तथा गिरिराजको मूर्ति निर्माण गर्ने उद्देश्यले वैशाख १५ देखि ३० गतेसम्म यहाँ सञ्चालन भएको महायज्ञमा जग्गाबाहेक नगद रु. एक करोड पाँच लाख सङ्कलन भएको आर्थिक सङ्कलन उपसमितिका संयोजक हिराबहादुर थापाले बताए ।

    बेनी नगरपालिका र वडा नं. २ का जनप्रतिनिधिले गौस्वाराको पूर्वाधार निर्माणमा रु. १५ लाख विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने ३८ फिट अग्लो गोवर्द्धन पर्वत आगामी छ महिनाभित्र पूरा गर्नेगरी निर्माण थालिएको छ ।


    प्रकाशित : बिहीबार , आषाढ ५ २०८२११:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार