२०८३, कार्तिक १२ गते बिहीबार

माझफाँट–लेकफाँट

माझफाँट–लेकफाँट


  • मेरोभ्यूज
  • आषाढ ८, २०८२ आइतबार

  • माझफाँट–लेकफाँट

    म्याग्दी । जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको माझफाँट–लेकफाँट खण्डमा सात किलोमिटर पाच सय मिटर कालोपत्र भएको छ ।

    सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं. ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो ।

    दुई लेनको यो सडकको एक किलोमिटर चार सय मिटर ढलान भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो । जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नती गरेको छ ।


    प्रकाशित : आइतबार, आषाढ ८ २०८२१०:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार