२०८३, कार्तिक १३ गते शुक्रबार

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन


  • मेरोभ्यूज
  • आषाढ १२, २०८२ बिहीबार

  • चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन

    भोजपुर । सरकारले घुम्नु पर्ने एक सय पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका छन् ।

    पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् ।

    पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा वीस जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक)स्थानीयको वेशभूषालाई चित्रमा समेटेका छन् ।

    चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचार-प्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

    मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रुपमा स्थापित गराउने लक्ष्य रहेको उनले बताए ।

    तीन दिने कार्यशालामा बनाइएका चित्रलाई काठमाडौँमा प्रदर्शनी गरिने उनले जानकारी दिए ।

    कार्यशालाको हालै नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।

    कार्यशालाका माध्यमबाट मुन्दुम पदमार्गको प्रचार-प्रसारसँगै कला र सांस्कृतिको संरक्षणमा टेवा पुग्ने बताए ।


    प्रकाशित : बिहीबार , आषाढ १२ २०८२०८:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार