२०८३, कार्तिक १३ गते शुक्रबार

हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै


  • रासस
  • पौष २७, २०७८ मंगलबार

  • हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

    काठमाडाैं । नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ। न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो संग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो।  

    सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले  संयुक्त रूपमा रुबिनको स्थायी संग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन्।  

    मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौँ उपत्यकाका विहारबाट हराएका थिए। ती कलाकृति रुबिन सङ्ग्रहालयमा सन् २००३ र २०१० मा पुगेका थिए।  

    कार्यवाहक महावाणिज्यदूत गौतमले ऐतिहासिक कलाकृति नेपाल फिर्ता गराउन सहयोग गरेकामा रुबिन सङ्ग्रहालय, त्यसका कार्यकारी निर्देशक, ट्रस्टी बोर्ड, सङ्ग्रहालयका विद्वान् र पदाधिकारीहरुप्रति आभार व्यक्त गर्नुभएको न्युयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले जनाएको छ।  

    रुबिनको संकलन गतिविधिहरू सिद्धान्तसँग सम्बन्धित नैतिक र व्यावसायिक अभ्यासको उच्चतम स्तरहरूको पालना गर्ने बताउँदै कार्यकारी निर्देशक ब्रिट्स्गीले पुरातात्विक वस्तुहरूको चोरी कला संसारमा एक प्रमुख चिन्ताको विषय बनेको वास्तविकता सुनाए।

    'हामीले संकलन र प्रदर्शन गर्ने कला र वस्तुहरूको होसियारीपूर्वक अनुसन्धान गर्नु हाम्रो कर्तव्य हो,' चोरीका कलाकृति संग्रहालयमा पुगेकामा खेद व्यक्त गर्दै उनले भने। 


    प्रकाशित : मंगलबार, पौष २७ २०७८०९:४६
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार