२०८३, कार्तिक १२ गते बिहीबार

खानेपानी आयोजनाको क्षमता विस्तार

खानेपानी आयोजनाको क्षमता विस्तार


  • मेरोभ्यूज
  • आषाढ १९, २०८२ बिहीबार

  • खानेपानी आयोजनाको क्षमता विस्तार

    म्याग्दी । सदरमुकाम बेनी बजारमा खानेपानी वितरण हुँदै आएको आयोजनाको क्षमता विस्तारसँगै जल शुद्धीकरण गर्ने संरचना निर्माण भएको छ ।

    सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले रु. दुई करोड ४६ लाखको लागतमा बराहपाखोमा पानी शुद्धीकरण गर्ने नौ लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरेको हो ।

    बेनी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रमेश गिरीका अनुसार मुहानबाट ल्याएको पानीलाई दुई चरणमा शुद्धीकरण गरेर उपभोक्तालाई आपूर्ति गरिने छ । पाइपलाइनबाट ल्याइने पानीलाई तीन लाख ५० हजार लिटर क्षमताका 'सेडिमेन्टेसन' ट्याङ्कीमा सङ्कलन गरिने ।

    वि.सं. २०६३ मा नगर विकास कोषबाट ऋण लिएर आयोजना निर्माण गरिएको थियो ।

    बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत बेनी नगरपालिका वडा नं. २ हाँडेभिर, वडा नं. ७ र ८ बेनीबजारका एक हजार दुई सय १६ घरका २५ हजार जनसङ्ख्याका लागि खानेपानी वितरण हुँदै आएको छ ।

    बेनीमा जनघनत्वसँगै खानेपानीको माग बढेकाले आपूर्तिलाई सहज बनाउन क्षमता विस्तार गरिएको हो ।

    अन्नपूर्ण गाउँपालिका–८ मा रहेको रिठ्ठाखर्क, डाँडाखर्क र बेनी नगरपालिका–३ कोप्रे खोलाको मुहानबाट प्रतिसेकेण्ड २४ लिटर खानेपानी आपूर्ति गरेर वितरण हुँदै आएको छ । बेनीको मङ्गलाघाटस्थित म्यादी नदीको किनारबाट पानी लिफ्ट गर्ने वैकल्पिक संरचना पनि रहेको छ ।


    प्रकाशित : बिहीबार , आषाढ १९ २०८२११:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार