२०८३, कार्तिक १२ गते बिहीबार

‘विद्युत जडान’ तालिम

‘विद्युत जडान’ तालिम


  • मेरोभ्यूज
  • श्रावण २२, २०८२ बिहीबार

  • ‘विद्युत जडान’ तालिम

     

    म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माध्यिमक विद्यालयका विद्यार्थीहलाई ‘विद्युत जडान’ बारेमा सिकाइएको छ । बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौँ, हामी गर्छौं कार्यक्रममार्फत सरस्वती मा.वि.को ८, ९ र १० कक्षाका विद्यार्थीलाई घर तथा भवनमा ‘विद्युत जडान’ गर्ने सीप सिकाइएको हो । बीस दिनसम्म सञ्चालन भएको तालिममा १९ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक गुरुदत्त पौडेलले जानकारी दिए ।

    बेनीका अर्जुन ढुङ्गानाले घर तथा भवनमा विद्युत् जडानसम्बन्धी सैद्धान्तिक र व्यवहारिक विषयमा सहजीकरण गरेका थिए ।

    तालिममा सहभागी कक्षा ८ का विद्यार्थी जोन पुनले घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सीप हासिल गर्न पाएकोमा खुसी व्यक्त गरे ।

    तालिममा सिकेको आधारभूत सीपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफैँ स्वरोजगार बन्न पनि सहयोग पुग्ने उनले बताए । विद्यालय समय सकिएपछि हरेक अपराह्न ४ देखि ६ बजेसम्म विद्यालयमै तालिम सञ्चालन भएको थियो ।

    माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न बेनी नगरपालिकाले हामी सक्छौँ, हामी गछौँ कार्यक्रम सञ्चालन गरेको छ ।

    कार्यक्रम सञ्चालन गर्न बेनी नगरपालिकाका १६ वटा विद्यालयलाई रु. एक/एक लाखका दरले रु. १६ लाख बजेट विनियोजन भएको थियो ।

    बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब पाच सय जना विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए ।


    प्रकाशित : बिहीबार , श्रावण २२ २०८२११:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार