२०८३, कार्तिक १३ गते शुक्रबार

आयआर्जन बढाउन बिरुवा वितरण

आयआर्जन बढाउन बिरुवा वितरण


  • मेरोभ्यूज
  • श्रावण २७, २०८२ मंगलबार

  • आयआर्जन बढाउन बिरुवा वितरण

     

    भोजपुर । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ ।

    यहाँका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो ।

    किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक/एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० लोड सल्लाको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए ।

    जिल्लाका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो ।

    हरित क्षेत्रको विकासँगै किसानलाई आर्थिक रुपमासमेत टेवा पुर्याउने लक्ष्यले विभिन्न कार्यक्रममार्फत किसानलाई बिरुवा वितरण गरिरहेका अधिकृत अधिकारीको भनाइ छ ।

    दिङ्ला, याकु, बालाङखा र जिल्लामा सञ्चालनमा रहेका नर्सरीबाट असार र साउन महिनामा ८० हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

    “हामीले वन क्षेत्रको विकाससँगै यसबाट किसानलाई आयआर्जन हुने खालका कार्यक्रममा जोड दिएका छौँ” उनले भने,“हामीले हालसम्मका साढे आठ हजार बढी बिरुवा वितरण गरिसकेका छौँ । असी हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएका छौँ ।”

    राष्ट्रिय वृक्षरोपण दिवस-२०८२ तथा विश्व वातावरण दिवसको अवसरमा पौवादुङमा गाउँपालिका तथा विभिन्न स्थानमा बिरुवा रोपण कार्यक्रम भइरहेको कार्यालयले जनाएको छ ।

    स्थानीय सामुदायिक वन उपभोक्ता समूह, वन पैदावार व्यवसायी सङ्घ, सरोकारवाला, संस्थाका प्रतिनिधिको सहभागितामा भोजपुर नगरपालिका-५ मा रहेको भकिम्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो । यो कार्य निरन्तर रुपमा अघि बढाइने कार्यालयको भनाइ छ ।


    प्रकाशित : मंगलबार, श्रावण २७ २०८२११:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार