२०८३, कार्तिक १३ गते शुक्रबार

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज


  • मेरोभ्यूज
  • भाद्र ११, २०८२ बुधबार

  • रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

     

    भोजपुर । पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहजरूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

    उक्त आयोजना सम्पन्न भएसँगै यहाँका ५० परिवार प्रत्यक्षरूपमा लाभान्वित हुनुका साथै च्याङ्ग्रे बजारवासीलाई राहत पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपध्वज कोइरालाले बताए ।

    यहाँका स्थानीयसँगै गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारका नागरिकले विकल्पका रूपमा पानी उपयोग गर्ने उनको भनाइ छ ।

    “यसअघि आयोजना सञ्चालन नहुँदा यहाँ पानीको समस्या थियो”, उनले भने, “निर्माण सम्पन्न भएसँगै ५० परिवारलाई सहजता भएको छ । च्याङ्ग्रे बजारमा खानेपानी अभाव भएमा एक मात्र विकल्पका रूपमा यो आयोजनाको पानी उपभोग गर्न सकिन्छ ।”

    घर-घरमा धारा वितरण नभए पनि मुहानको संरक्षणसँगै २० घन मिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीनवटा धारा जडान गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए ।

    चालु आर्थिक वर्षमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताए ।

    करिब रु. १८ लाखमा आयोजना सम्पन्न भएको जनाउँदै उनले सानो आयोजना भए पनि यसले नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास व्यक्त गरे ।

    रिजाल धारा खानेपानी आयोजना सञ्चालनले स्थानीयलाई सहजता भएको पौवादुङमा-३ का वडाध्यक्ष तीर्थबहादुर कार्कीले बताए ।

    विगतमा कुवाबाट पानी खानुपर्ने अवस्थामा अहिले मुहान संरक्षणसँगै ट्याङ्की निर्माणमार्फत धारा जडान भएपछि सहज भएको उनको भनाइ छ ।


    प्रकाशित : बुधबार, भाद्र ११ २०८२१०:०४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार