२०८३, कार्तिक १३ गते शुक्रबार

बच्चा हुर्काउँदै जलप्राणीले कर्णालीसहितका सहायक नदिहरुमा

बच्चा हुर्काउँदै जलप्राणीले कर्णालीसहितका सहायक नदिहरुमा


  • मेरोभ्यूज
  • भाद्र १२, २०८२ बिहीबार

  • बच्चा हुर्काउँदै जलप्राणीले कर्णालीसहितका सहायक नदिहरुमा

     

    कैलाली । कर्णाली नदिलगायत सहायक नदिमा घडियाल गोहीले बच्चा हुर्काइरहेका छन् । यहाँका कर्णालीसहित सहायक नदिमा घडियाल गोहीले बच्चा हुर्काइरहेका हन् ।

    सहायक पथरैया र मोहना नदिमा असारको पहिलो हप्तादेखि घडियाल गोहीले बच्चा हुर्काइरहेका संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए  ।

    नेपालको चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने स्थानको व्यवस्था गरेको हो । प्राकृतिकरूपमा बिनाकुनै लगानी घडियालको बच्चा हुर्काइरहेको छ ।

    विगत चार वर्षदेखि घडियाल गोहीले सो क्षेत्रमा बच्चा कोरल्ने गरेको ढुङ्गानाले बताए ।

    मोहना, पथरैया र कर्णाली तीनवटै नदिमा घडियालले यस वर्ष बच्चा कोरलेका थिए ।

    घडियालसँगै सो क्षेत्रमा डल्फिनले पनि बच्चा हुर्काइरहेका छन् । डल्फिन विश्वमै दुर्लभ जलप्राणी मानिन्छन्  । यसलाई अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले रातो सूचीमा राखेको छ ।

    वर्षायामको समयमा कर्णाली नदिलगायत सहायक नदिहरुमा डल्फिन बच्चासँगै देखिने गरेको संरक्षणकर्मी ढुङ्गानाले जानकारी दिए ।

    “शुरुमा आएका वयस्क डल्फिनसँग अचेल स-साना बच्चा पनि देखा परिरहेका छन् । कम्तिमा पनि दुई/तीन दिनमा छ-सात वटा बच्चा वयस्क माउसँग देखा परिरहेका छन् । “अहिले देखा परिरहेका बच्चालाई डल्फिनले मोहना नदिमा जन्माएका हुन्”, उनले भने ।

    डल्फिन बच्चा जन्माउने स्तनधारीभित्र पर्दछन् । स्वच्छ पानीमा बस्न रुचाउने डल्फिन बच्चा हुर्काउनका लागि कैलालीको कर्णालीसहित सहायक नदिमा आउने गर्दछन् ।

    भारत तथा नेपालका विभिन्न नदि क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदिमा मनसुन अवधिभर बस्ने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।

    “तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन् । मनसुन बाहिरिएसँगै कर्णाली नदिमा फर्कने गर्दछन्”, उनले भने ।

    यी नदि क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने भएकाले हरेक वर्षा याममा डल्फिन आउँछन् । स्वच्छ जल, प्रशस्त आहारा र बढी दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने श्रेष्ठको भनाइ छ ।

    “प्लानिभेष्टा ग्यागेटिक’ जातको डल्फिन पाइन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ”, उनले भने । घडियाल र डल्फिनसँगै यहाँ मगर गोहीले पनि बच्चा हुर्काइरहेका छन् ।


    प्रकाशित : बिहीबार , भाद्र १२ २०८२०८:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार