काठमाडाैं । काेराेना संक्रमणकाे हटस्पट बनेकाे काठमाडाैं उपत्यकामा आजदेखि बुस्टर डाेज लगाउन थालिएकाे छ । सरकारले आइतबारबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई बुस्टर डाेज लगाउने बताए पनि तयारी नपुगेका कारण आजदेखि लगाउन थालिएकाे हाे ।
काठमाडाैंमा विभिन्न १७ स्थानमा खाेप केन्द्रमार्फत बुस्टर खाेप लगाउन थालिएकाे छ । सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीमा बुस्टर डाेज लगाउन थालिएकाे जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडाैंले जनाएकाे छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रीरोग अस्पताल थापाथली, काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलमा पनि खाेप लगाइने छ ।

यसअघि दुवै डाेज खाेप लगाएकाे ६ महिना पूरा भएकालाई बुस्टर डाेज लगाइने छ । यसअघि जुन कम्पनीकाे खाेप लगाएकाे हाे अहिले त्यही कम्पनीकै बुस्टर डाेज लगाउनुपर्ने चिकित्सककाे भनाइ छ । ज्येष्ठ नागरिकलाई यही माघ १४ गतेदेखि बुस्टर डाेज दिने सरकारकाे तयारी छ ।


