२०८३, कार्तिक १२ गते बिहीबार

पूर्वविद्यार्थीद्वारा शैक्षिक उपकरण सहयोग

पूर्वविद्यार्थीद्वारा शैक्षिक उपकरण सहयोग


  • मेरोभ्यूज
  • कार्तिक १२, २०८२ बुधबार

  • पूर्वविद्यार्थीद्वारा शैक्षिक उपकरण सहयोग

     

    म्याग्दी । मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माध्यमिक विद्यालयलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु. आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् ।

    प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई थान नेटवर्किङ स्विचलगायत उपकरण सहयोग गरेको जनाइएको छ ।

    रोजगारी, पेसा व्यवसाय र अध्ययनको सिलसिलामा देशका विभिन्न शहर तथा विदेशमा पुगेका पूर्वविद्यार्थी तथा मगरदाङ्ग जन्मथलो भएकाहरु आवद्ध मञ्चले कोष स्थापना गरेको हो ।

    मञ्चका अध्यक्ष धनबहादुर फगामी, सचिव तथा म्याग्दी प्रवासी नेपाली मञ्च (मोना)का कोषाध्यक्ष नरेन्द्र फगामी, पूर्ववडाध्यक्ष पिपला बुढालगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलप्रसाद बुढाथोकी र प्रधानाध्यापक अमृत बृढाथोकीलाई सामग्री हस्तान्तरण गरेका थिए ।

    कक्षा १० सम्म पठन-पाठन हुने विद्यालयमा २४ वटा कम्प्युटर पुगेका छन् । थप दसवटा गरेर कम्प्युटर कक्षा सञ्चालनको तयारी गरिएको विद्यालयले जनाएको छ ।

    विद्यालयले गरेको प्रस्तावअनुसार विभिन्न ठाउँमा रहेका पूर्वविद्यार्थी तथा प्रवासी मगरदाङबासीबाट नगद सङ्कलन गरेर उपकरण खरिद गरी उपलब्ध गराइएको मञ्चका सचिव फगामीले बताए ।


    प्रकाशित : बुधबार, कार्तिक १२ २०८२११:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार