२०८३, कार्तिक १३ गते शुक्रबार

हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो

हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो


  • मेरोभ्यूज
  • कार्तिक १४, २०८२ शुक्रबार

  • हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो

     

    भोजपुर । यहाँको हतुवागढी गाउँपालिकाले वर्षौँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले एक सय छ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

    जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकोमा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताइन् ।

    “फुसको छानो हुँदा धेरै समस्या थियो”, उनले भनिन्, “म एकल महिला भएकोले छानो फेर्ने क्षमता थिएन । पानी परेपछि चुहिने ठाउँमा गाग्री, खड्कुला राखेर बस्थेँ । अहिले सहज छ ।”

    गाउँपालिकाले हालसम्म विभिन्न आर्थिक वर्षमा छानो फेर्नका लागि रु. ७० लाख खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

    उनका अनुसार प्रति घर रु. ७५ हजार बराबरको सहयोग गरिएको छ ।

    “आर्थिक अवस्था कमजोर भएर छानो फेर्न नसक्ने परिवारलाई प्राथमिकतामा राखेर हामीले सहयोग गरेका हौँ,” निरौलाले भने, “छानो फेरिएपछि वर्षाको समयमा उनीहरूलाई सहज भएको छ ।”

    गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले केन्द्र सरकारले निरन्तर बजेट नदिँदा गाउँपालिकाले आफ्नै पहलमा कार्यक्रम अघि बढाएको बताए ।

    दलित, एकल महिला र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।

    स्थानीय तह सञ्चालनमा आएपछि सुरक्षित आवास, जनता आवास र गाउँपालिकाको आफ्नै कार्यक्रममार्फत हालसम्म चार सय पाच परिवारका लागि जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।


    प्रकाशित : शुक्रबार, कार्तिक १४ २०८२०८:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार