२०८३, कार्तिक १३ गते शुक्रबार

व्यावसायिक फूलखेतीबाट रु. आठलाख आम्दानी

व्यावसायिक फूलखेतीबाट रु. आठलाख आम्दानी


  • मेरोभ्यूज
  • मंसिर १६, २०८२ मंगलबार

  • व्यावसायिक फूलखेतीबाट रु. आठलाख आम्दानी

     

    कैलाली । धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशिला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेको छ ।

    फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेको हो । दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक रु. वीस लाखसम्मको कारोबार हुने गरेको बताइन् । आम्दानी राम्रै हुन्छ ।

    कामदारलगायत सबै खर्च कटाएर वार्षिक रु. आठ लाखसम्म बचत हुन्छ । बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँ-तिहारमा मात्र करिब रु. दस लाखबराबरको कारोबार भएको उनले बताइन् ।

    उनले भनिन्, “मूल्य समयअनुसार फरक-फरक हुन्छ । फूल प्रतिकिलो रु. एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला रु. ६० देखि रु. एक सयसम्ममा बिक्री गर्ने गरिएको छ ।”

    उनले भनिन्, “चार जनाको परिवार छ । यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ । बचत पनि राम्रै हुन्छ । स्वरोजगार बनिएको छ ।”

    धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उनले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताइन् ।

    उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति रु. छ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताइन् ।

    उनले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताइन् ।

    फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदानसमेत पाएको बताइन् । फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उनले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताइन् ।


    प्रकाशित : मंगलबार, मंसिर १६ २०८२१०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार