२०८३, कार्तिक १३ गते शुक्रबार

ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने


  • रासस
  • माघ ४, २०७८ मंगलबार

  • ललितपुरमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

    काठमाडाैं । जिल्ला प्रशासन कार्यालय ललितपुरले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्देशन जारी गरेको छ । मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखेर आज प्रशासनले सूचना जारी गरेको हो ।

    प्रजिअ घनश्याम उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक बसमा चढ्ने यात्रुलाई मास्क अनिवार्य तथा सवारी साधनको ढोका र भित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

    यसैगरी चालक तथा सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्ने, सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र यातायातमा कुनै यात्रुले मास्क नलगाइ आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन पाउने आदेश प्रशासनले जारी गरेको छ ।

    विद्यालय, विश्वद्यालय तथा कलेज एवं ट्युसन सेन्टरआदि शैक्षिक क्रियाकलाप सञ्चालन नगर्दा भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाइ सञ्चालन गर्नसमेत सबैमा स्थानीय प्रशासनले अनुरोध गरेको छ । 


    प्रकाशित : मंगलबार, माघ ४ २०७८०८:१४
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार