काठमाडौं । प्रहरीले दुबईबाट आएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका– ८ जरंखुका ३२ वर्षीय संजोग राई र सोही ठाउँका रमेश अर्याल तथा मकवानपुरगढी गाउँपालिका–५ घर भई वसन्तनगरमा होटल व्यवसाय गर्ने ३१ वर्षीय गोकुल घिमिरे छन् ।
उनीहरुले वैदेशिक रोजगारीबाट फर्केका सिरहाको सखुवानाकारकट्टी गाउँपालिका ५ का ३२ वर्षीय रामेश्वर रामलाई होटलबाट अपरहण गरेका थिए । राम गत असोज ६ गते बिहान ७ बजे काठमाडौं उत्रेर बल्खुस्थित होटल कञ्चनजंगामा बसेका थिए ।
होटलमै बसेका बखत उनीहरु आएर कुटपीट गरी ज्याठास्थित होलट प्लेजर होमको कोठामा लगेर बन्धक बनाएका थिए । उनले सोही दिन होटलबाट भागेर प्रहरीमा जाहेरी दिएका थिए ।

