२०८३, कार्तिक १३ गते शुक्रबार

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै


  • मेरोभ्यूज
  • चैत्र २०, २०८२ शुक्रबार

  • लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

     

    म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम शुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो ।

    कुश्मा नगरपालिका–४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा एक सय २९ मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि रु. दुई करोड ९६ लाख ३४ हजार आठ सय ३७ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले  बताए ।

    चालु आर्थिक वर्षभित्र कम्पोजिट पर्खाल निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको बताउँदै उनले चालु आ.व.मा लामाखेतसहित कालीगण्डकीको कटान जोखिममा रहेका पर्वत र मुस्ताङका छ स्थानमा नदी नियन्त्रण आयोजना कार्यान्वयन भइरहेका जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, चैत्र २० २०८२०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार