२०८३, कार्तिक १३ गते शुक्रबार

चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

चाँगुनारायण जङ्गलमा चरा गणना सुरु


  • रासस
  • माघ ७, २०७८ शुक्रबार

  • चाँगुनारायण जङ्गलमा चरा गणना सुरु

    भक्तपुर । धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नं ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो ।

    त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन् । गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् । थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुने छ । चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए ।


    प्रकाशित : शुक्रबार, माघ ७ २०७८०८:०९
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार