२०८३, कार्तिक १३ गते शुक्रबार

भोलिदेखि राजधानीका सबै संग्रहालय बन्द हुने

भोलिदेखि राजधानीका सबै संग्रहालय बन्द हुने


  • रासस
  • माघ ७, २०७८ शुक्रबार

  • भोलिदेखि राजधानीका सबै संग्रहालय बन्द हुने

    काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिदै जाँदा शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय बन्द गर्ने निर्णय गरेको हो ।

    आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्रहालय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्रहालयका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिए ।

    राजधानीमा हनुमानढोका दरबार संग्रहालयका साथै मुख्य रुपमा राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, भक्तपुर र पाटन दरबार संग्रहालयलगायत छन् । कोरोना बढ्दै गएपछि सरकारले भीड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्रहालय बन्द गर्न लागेको हो ।

    अर्को सूचना जारी नभएसम्म संग्रहालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको विज्ञप्तिमा उल्लेख छ ।


    प्रकाशित : शुक्रबार, माघ ७ २०७८०६:५०
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार