२०८३, कार्तिक १३ गते शुक्रबार

घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन

घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन


  • मेरोभ्यूज
  • जेठ १०, २०८३ आइतबार

  • घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन

     

    कैलाली । यहाँको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पुर्याउन परिवारले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै सेवा शुरु गरिएको नगरप्रमुख खडकबहादुर रावतले बताए ।

    उनले भने, “दुःखको बेला नागरिकले आर्थिक, सामाजिक तथा व्यवस्थापकीय समस्या झेल्न नपरोस् भन्ने मानवीय सोचका साथ सेवा सञ्चालनमा ल्याइएको हो । यसले महँगो भाडा तिर्न बाध्य हुने अवस्थालाई पनि अन्त्य गर्ने विश्वास छ ।”

    नगरपालिकाले ठेक्का प्रक्रियामार्फत करिब रु. २८ लाख ८९ हजारको लागतमा आधुनिक सुविधा सम्पन्न शववाहन खरिद गरेको नगरप्रमुख रावतले जानकारी दिए ।


    प्रकाशित : आइतबार, जेठ १० २०८३१०:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार