२०८३, कार्तिक १२ गते बिहीबार

मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

मल्कवाङमा खानेपानीको पहुँच पुग्यो


  • मेरोभ्यूज
  • आषाढ १०, २०८३ बुधबार

  • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

     

    म्याग्दी । धवलागिरि गाउँपालिका–५ मल्कवाङमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

    कुल रु. ५४ लाख ३६ हजार ४२ को लागतमा निर्माण भएको आयोजनाबाट ८९ वटा धारामार्फत घरघरमा खानेपानी वितरणको व्यवस्था मिलाइएको हो । ८६ निजी घर, विद्यालय, स्वास्थ्यचौकी र वडा कार्यालयमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रासबहादुर छन्त्यालले जानकारी दिए ।

    उनका अनुसार नेवा संस्थाको रु. २६ लाख ९९ हजार ८४, गाउँपालिकाको रु. १९ लाख २५ हजार एक सय ११ लगानी भएको योजना निर्माणका लागि उपभोक्ताले रु. १ लाख ५७ हजार नौ सय ३० नगद लगानी र रु. ६ लाख ५३ हजार नौ सय १७ बराबरको श्रमदान गरेका छन् ।

    मल्कवाङमा यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । आँगनकै धारामा नियमित स्वच्छ खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ ।

    धवलागिरि गाउँपालिका–५ को मल्कवाङ, मलम्पार र भेडिखाल्टा टोलका एक सय ८५ घरमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको वडाध्यक्ष अमर छन्त्यालले बताए ।


    प्रकाशित : बुधबार, आषाढ १० २०८३०८:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार