२०८३, कार्तिक १२ गते बिहीबार

"मानवीय मामला" अवैतनिक सल्लाहकारमा पराजुली नियुक्त*

"मानवीय मामला" अवैतनिक सल्लाहकारमा पराजुली नियुक्त*


  • मेरोभ्यूज
  • भाद्र २९, २०८३ सोमबार

  • "मानवीय मामला" अवैतनिक सल्लाहकारमा पराजुली नियुक्त*

     

    काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो 'मानवीय मामिला' (Humanitarian Affairs) सल्लाहकारमा नियुक्त रेएको छ ।

    मिति २०८३ भदौ २४ को मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो ।

    भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उनीहरू नियुक्त गरिएको हो ।

    पराजुलीको संयुक्त राष्ट्र संघ (UN)मा लामो र गहन अनुभव रहेको छ । उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुन:स्थापनामा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ ।

    विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

    मन्त्री वाग्लेले पराजुलीलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै उनको सफल कार्यकालको कामना गरेको छ ।


    प्रकाशित : सोमबार, भाद्र २९ २०८३११:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार